सरकारका कदमहरू सुशासनका विरुद्धमा : उपाध्यक्ष भुसाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनका विरुद्ध रहेको बताएकी छन् ।
आइतबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष भुसालले सरकार सुशासनका विरुद्ध अघि बढेको बताइन् । उनले भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथि प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरू ल्याउनेतिर लागेको आरोप समेत लगाइन् ।
उनले सोही अनुरूप भूमिसम्बन्धी विधेयक ल्याएको बताइन् । सङ्घीयताको कार्यान्वयनका निम्ति बनेको सङ्घीय निजामती ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथि छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाइ गरिरहेको उल्लेख गरिन् ।
यस्तै शिक्षा विधेयक पनि अड्काएर राखेको उनको आरोप छ । संविधानको मूल मर्मअनुरूप कानुन बनाउने, कार्यान्वयन गर्ने, समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उपाध्यक्ष भुषालले बताइन् ।
उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरूसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन् ।
एकीकृत समाजवादी, नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाई छ । यद्यपि एकताको पक्रिया सकारात्मक रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण