बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन

आइतबार, ०१ भदौ २०८२, १५ : ४९
आइतबार, ०१ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् । 

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन् । उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरूले कुनै न कुनै व्यवसाय गर्नै पर्ने उल्लेख गरे ।

लिङ्देनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको बताए ।उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरू बिदेसिन नपर्ने गरी स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे । 

उनले पार्टीले लिएको उद्देश्यका एकजुट भएर लाग्न पार्टीको महिला सङ्गठनलाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप