लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति चयन
सोमबार, ०२ भदौ २०८२, ०८ : २२
सारांश
- नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ।
- अधिवेशनले अष्टकुमार कवेको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरेको हो।
- नयाँ समितिले खेलकुद विकास, खेलाडी हित र संरचना सुदृढीकरणलाई प्राथमिकता दिनेछ।
हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति चयन गरिएको छ। आइतबार भक्तपुरमा सम्पन्न अधिवेशनले अष्टकुमार कवेको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन समितिको कार्यालय भक्तपुरले सार्वजनिक गरेको विवरणअनुसार कवेको अध्यक्षतामा उपाध्यक्षमा तेजकुमार डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली निर्विरोध चयन भएका छन् । सचिवमा उज्वल श्रेष्ठ, सह–सचिवमा अमृत लुङ्वा, गोपाल बस्नेत, पूर्ण बहादुर गुरुङ र निरज खड्का चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा रविन्द्रमान महर्जन चयन भएका छन् । नव–निर्वाचित समितिले बागमती प्रदेशमा खेलकुदको सशक्त संस्थागत विकास, खेलाडीहरूको हित र संरचनागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण