संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित: सांसद रिजाल
सोमबार, ०२ भदौ २०८२, १५ : २९
सारांश
- सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताए।
- उनले विधेयकमा मस्यौदा लेखनमा सहभागी हुने तहका कर्मचारीका माग सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीलाई बेवास्ता गरेको आरोप लगाए।
- सांसद रिजालले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्नुपर्ने बताए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरु दिएको बताए ।
उनले विधेयकमा मस्यौदा लेखनमा सहभागि हुने तहका कर्मचारीका मागहरू सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरूलाई उपेक्षित गरेको आरोप लगाए । विधायिकी प्रक्रियामा निजामती कर्मचारीहरू संसद् र सरकारभन्दा पनि प्रभावशाली हुन खोजेको भन्दै आपत्ति समेत जनाए ।
उनले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण