पोखरा महानगरकी तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठसहितविरुद्ध मुद्दा दायर
सारांश
- अख्तियारले पोखरा महानगरपालिका-९ की वडा सदस्य भावना श्रेष्ठविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।
- सेवाग्राही रविन कुमार श्रेष्ठले बाटो विवादमा आफ्नो पक्षमा निर्णय गराउन भावनालाई दुई लाख घुस दिएका थिए।
- अख्तियारले भावना र रविन दुवैलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग गरेको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–९ की वडा सदस्य तथा तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कास्कीको पोखरा–२६ मा रहेको बाटोको विवादमा आफ्नो पक्षमा निर्णय गराउन सेवाग्राही रविन कुमार श्रेष्ठले भावना श्रेष्ठलाई दुई लाख रुपैयाँ घुस दिएको अनुसन्धानबाट देखिएको छ ।
न्यायिक समितिमा विचाराधीन उक्त विवादमा पक्षमा फैसला गरिदिने प्रलोभन देखाउँदै श्रेष्ठले रकम लिएको पाइएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबराबर जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यस्तै, सोही प्रकरणमा सेवाग्राही रविन कुमार श्रेष्ठले पनि न्यायिक समितिको सदस्यलाई घुस दिएको पुष्टि भएकोले उनलाई समेत ऐनअनुसार कैद र जरिवाना सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण