वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त
सोमबार, ०२ भदौ २०८२, १६ : २९
सारांश
- रोशन ज्ञवाली वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा नियुक्त भएका छन्।
- यसअघि कुमारप्रसाद दाहाल महानिर्देशक थिए, जसलाई समावेशी आयोगमा सरुवा गरिएको छ।
- ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए।
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन् । सोमबारदेखि उनी विभागमा उपस्थित भएका छन् ।
दुई महिनाअघि मात्रै सहसचिव बनेका ज्ञवाली यसअघि लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए । यसअघि विभागको महानिर्देशक कुमारप्रसाद दाहाल थिए ।
दाहाल समावेशी आयोगमा सरुवा भएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । बजार अनुगमनमा कडाइ गरेपछि निजी क्षेत्रले विरोध गर्दै आएका थिए ।
यसका साथै दाहाललाई असारको पहिलो सातातिर अन्यत्र सरुवा गर्ने चर्चा चलेको थियो । गत साउन २६ गते उनलाई समावेशी आयोगमा सरुवा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण