राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो
सारांश
- म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ।
- पहिरोमा परी घाइते भएका पाँच जना मजदुरको उपचार भइरहेको छ, जसमा तीन जनालाई पोखरा लगिएको छ।
- मृत्यु हुनेमा बागलुङ र चितवनका एक-एक जना रहेका छन्, भने घाइतेहरु भारत र नेपालका विभिन्न स्थानका छन्।
म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आज दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरुको पहिचान खुलेको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५–४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, विहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका–७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ । बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण