श्रममन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित मन्त्रालय अन्तर्गतका विभाग, बोर्ड, सुरक्षा कोष तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखालगायतका निकायहरूसँग कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र श्रम सचिव डा. कृष्णहरि पुस्करबिच एक वर्षे कार्यसम्पादन सम्झौता पत्र आदानप्रदान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम मन्त्रालयले पछिल्ला दिनमा राष्ट्रको गरिमा बढाउने खालका कार्यहरू गर्दै आएको उल्लेख गरे । उनले नीतिगत सुधार र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नागरिकलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिए ।
“हाम्रो अडिट अब जनताले गर्ने गरेका छन्,“मन्त्री भण्डारीले भने, “सेवा प्रवाह तल्लो तहसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले मन्त्रालयले पेपरलेस र फेसलेस सेवा प्रणालीतर्फ कदम चालेको छ।"
उनले मन्त्रालयभित्र र बाहिरका सरोकारवालासँग नियमित छलफल र समन्वय गर्दै कार्यान्वयनमा देखिने सुधार ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।
साथै भदौ मसान्तभित्र मन्त्रालयको गरिमा बढाउने कार्यक्रम तयार गर्न सबै निकायहरूलाई स्पष्ट निर्देशन दिए ।
श्रम सचिव डा. पुस्करले कार्यसम्पादन करारमा उल्लेखित सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले जनतामा प्रत्यक्ष असर पर्ने सेवामा कुनै सम्झौता नगर्ने र प्रभावकारी रूपमा लक्षित उद्देश्यहरू कार्यान्वयनमा लैजाने बताए ।
कार्यक्रममा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूसँग एक वर्षे कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण