शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गौर हत्याकाण्ड प्रकरण

जसपा नेपालका तीन सांसदसहित १८ जनाभन्दा बढी नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०३ भदौ २०८२, १९ : ०२
मङ्गलबार, ०३ भदौ २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बबरमहलबाट जसपा नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकालेको थियो ।

सोही अवस्थामा जसपा नेपालका सङ्घीय सांसद एवं प्रवक्ता मनिष सुमन,दुई जना प्रदेश सांसदसहित १८ जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेस प्रदेश सांसद किरन साह,लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पूर्व मधेस प्रदेश सांसद विक्की यादव,पूर्व सांसद शशि कपुर मिया,समाजवादी महिला सङ्घकी केन्द्रीय अध्यक्ष निर्मला यादव,समाजवादी युवा सङ्गठनका महासचिव दिलिप पटेल,उपमहासचिव रेनु राज सिंह,सचिव मनिष यादव पनि प्रहरी नियन्त्रणमा छन् । यस्तै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादव,केन्द्रीय सस्य बबी सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जसपा नेपाका नेता महेश चौरसियाले रातोपाटीलाई बताए । 

२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबिच भएको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो । 

सो घटनामा पीडितले प्रहरी अनुसन्धान अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको हो । यससँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अनुसन्धानमा तानिने भएका छन् ।

यद्यपि उनले आफू अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप