मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
श्रम/रोजगार

चालु आर्थिक वर्षको पहिलो महिना विदेश जान ६८ हजारले लिए श्रम स्वीकृति

८८ जना विदेशीले लिए नेपालमा काम गर्न श्रम स्वीकृति
बुधबार, ०४ भदौ २०८२, ११ : २९
बुधबार, ०४ भदौ २०८२

सारांश

  • साउन महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
  • गत आर्थिक वर्षको साउनको तुलनामा यो संख्या बढेको छ, र विभागमा ठगी सम्बन्धी ५८० उजुरी परेका छन्।
  • ९८ जना विदेशीले श्रम स्वीकृति लिएका छन् भने ४८१ जनाको शव गत आर्थिक वर्षमा विदेशबाट नेपाल ल्याइएको थियो।

काठमाडौँ । साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन् । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार ११० जनालाई श्रम स्वीकृति प्रदान गरेको हो । 

विभागको तथ्यांकअनुसार व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९४८ जना रहेका छन् । 

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको तथ्यांकले देखाएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा पुरुष ५१ हजार ४३० र महिला ८ हजार १४५ जना गरी कुल ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । 

विभागका अनुसार साउन महिनामा मात्रै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी ५८० वटा उजुरी परेको छ । जसमा ७४ वटा उजुरी मिलापत्र गराइएको छ भने २६ वटाचाहिँ अदालतमा पुगेको छ । 

९८ जना विदेशीले श्रम स्वीकृति

यसैगरी नेपालमा काम गर्नका लागि चालु आर्थिक वर्षको पहिलो महिनामा ९८ जना विदेशीले समेत श्रम स्वीकृति लिएका छन् । यस्तै नेपालमै काम गरिरहेका थप ९४ जना विदेशीले श्रम स्वीकृति नवीकरण पनि गराएका छन् । गत आर्थिक वर्षमा यस्तो श्रम स्वीकृति ८९२ जनाले लिएका थिए भने श्रम स्वीकृति नवीकरण गराउनेको सङ्ख्या १ हजार ६६७ जना रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।  

यसैबिच गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका ४८१ जनाको शव नेपाल झिकाइएको थियो । यस्तै साउन महिनामात्रै ३९ जनाको शव झिकाइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप