बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

बुधबार, ०४ भदौ २०८२, २१ : ५५
बुधबार, ०४ भदौ २०८२

सारांश

  • प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ।
  • काउन्सिलको प्रतिनिधिमण्डलले सञ्चारमन्त्रीलाई सुझावसहितको प्रतिवेदन बुझाएको हो।
  • मन्त्रीले मर्यादित र स्वतन्त्र पत्रकारिताको पक्षमा सरकार रहेको बताए।

काठमाडौँ । प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ । काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाएको हो ।

संसदमा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले विभिन्न सञ्चार गृहका सम्पादक तथा विज्ञसँग लिएको सुझावसहित मन्त्री गुरुङलाई प्रतिवेदन बुझाएको हो ।

मिडिया काउन्सिल विधेयक अध्ययन तथा सुझाव उपसमितिका सदस्य एवं बोर्ड सदस्य शान्तराम विडारी, बोर्ड सदस्य विजयराज अधिकारी, उपसमितिका सदस्यसचिव तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र अनुगमन अधिकृत सञ्चिता घिमिरेको टोलीले प्रतिवेदन बुझाएको हो ।

सुझावसहितको प्रतिवेदन ग्रहण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले मर्यादित र स्वतन्त्र पत्रकारिता साथै बलियो र स्वायत्त प्रेस काउन्सिलका पक्षमा सरकार रहेको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप