विद्यालय शिक्षा विधेयक
विधेयकमा कैयन विषय छुटेका छन्, समावेश गर्नुपर्छ : शर्मा
बिहीबार, ०५ भदौ २०८२, १० : ५६
सारांश
- सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयकमा छुटेका विषय समावेश गर्नुपर्ने बताइन्।
- उनले स्वयंसेवक शिक्षकको व्यवस्था राख्न नहुने र शिक्षकलाई थप सुविधा दिनुपर्ने बताइन्।
- दुर्गममा पढाउन जाने शिक्षकलाई कसरी उत्साहित गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयकमा कैयन विषय छुटेकाले ती विषय समावेश गर्नु पर्ने बताएकी छन् । सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद शर्माले स्वयंसेवक शिक्षकको व्यवस्था नराख्ने बताइन् ।
स्वयंसेवक शिक्षक राख्दा उनीहरू हाबी हुने र स्थायी शिक्षकले पढाउन नपाउने अवस्था निर्माण हुन सक्ने बताइन् । शिक्षकलाई प्रधानाध्यापक हुँदाको समयमा केही न केही थप सुविधा दिने व्यवस्था गर्नुपर्ने सांसद शर्माले बताइन् ।
बाहिरबाट गएर दुर्गममा पढाउन जानेलाई उत्साहित कसरी बनाउने भन्ने विषयमा विधेयकमा ध्यान दिनुपर्ने बताइन् ।बहुविवाह गर्ने शिक्षकलाई अयोग्य हुने विषय पनि विधेयकमा उल्लेख गर्नुपर्ने शर्माले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण