ग्राहकलाई लुटेको आरोपमा गोङ्गबुका दुई वटा डान्सबारबाट २३ जना पक्राउ
काठमाडौँ । ग्राहकलाई लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुबाट २३ जनालाई पक्राउ गरेको छ ।
गोल्डेन बार एण्ड क्लब र क्रिष्टर बार एण्ड क्लबबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
गोल्डेन बार एण्ड क्लब नुवाकोट घर भएका पदम सिंह ठकुरीले सञ्चालन गरेका हुन् । क्रिष्टल बारका सञ्चालक कञ्चनपुरका ३० वर्षीय सुवास सिंह ठकुरी हुन् ।
सडकमा हिँडिरहेकाहरूलाई विभिन्न प्रलोभनमा पारेर डान्सबारमा लगेपछि सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरूले यात्रुलाई लुट्ने गरेको भन्दै गोङ्गबुका होटल व्यवसाय गर्नेहरूले बुधवार साँझ आक्रमण प्रयास गरेका थिए ।
पक्राउ परेकाहरूलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।क्रिष्टलबाट पक्राउ पर्नेमा सिता कुमारी थापा, सलिना आले मगर, रोशिका भट्टराई, लक्ष्मी राई, स्मृती लिम्बु, शुसिला मगर, सामराज तामाङ, विनोद रतौली, समिर खड्का, दिल कुमार रसाइली र विराज तामाङ छन् ।
गोल्डेन बारबाट पक्राउ पर्नेमा शसिकला खत्री, अनिशा थापा, अञ्जना मुक्तान, सबिना मगर, सुक्रिन्ता मगर, करुणा थापा, सुन्दर तामाङ, राज कुमार तामाङ, राजेन्द्र तामाङ, देवराज तामाङ, अनिल तामाङ र आदित्य लामा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण