‘रैथाने घुमफिर कन्सर्ट’ मा झुमा लिम्बुले प्रस्तुति दिने
काठमाडौँ । ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । गायिका झुमा लिम्बु एण्ड दि रैथाने ब्यान्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी २’सँगको सहकार्यमा कन्सर्ट गर्ने भएकी हुन् ।
जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।
रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिनेछिन् । जसमा उनको ब्यान्डको शोलो प्रस्तुति रहनेछ । त्यसका अलवा जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानीय कला संस्कृति र गीत सङ्गीतलाई विशेष प्राथमिकतामा राखिने गायिका लिम्बु बताउँछिन् ।
साङ्गीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत सङ्गीत र नृत्यलाई केन्द्रमा राखेर साङ्गीतिक प्रस्तुति हुनेछ ।
लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले बताइन् । ‘यो यात्राले संस्कृति र सङ्गीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौँ । ‘रैथाने घुमफिर’ले गाउँ र सहरको सङ्गीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन् ।
रैथाने घुमफिर यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना लिम्बुको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण