उद्यमी विनय उपाध्याय नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्यदूत नियुक्त
शुक्रबार, ०६ भदौ २०८२, १४ : १४
सारांश
- विनय उपाध्यायलाई युगान्डाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरिएको छ।
- परराष्ट्र मन्त्रालयले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेको हो।
- उपाध्यायले युगान्डा र नेपालबीचको सम्बन्ध सुदृढ पार्न प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्यदूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार उनलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेको हो ।
घरजग्गा, आवास विकास तथा पर्यटन क्षेत्रमा सक्रिय उपाध्याय व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित छन् । नेपालमा बढ्दो उद्यमशीलता र व्यवसायिक क्षेत्रमा उनले उल्लेखनीय योगदान गर्दै आएका छन् ।
नियुक्तिपत्र ग्रहणपछि उपाध्यायले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्ध सुदृढ पार्न आफू पूर्ण रूपमा समर्पित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
-
परिस्थिति जटिल बन्नुमा वामपन्थी शक्तिको भूमिका पनि जिम्मेवार छ : मोहनविक्रम सिंह
-
सिटिजन्स बैंक र नियो भर्सबिच समझदारी
-
वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल, अझै बनेन खाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण