शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चामा जनार्दनको ‘मयुर’ नाच

शुक्रबार, ०६ भदौ २०८२, १७ : ४३
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको मयुर नाच यतिवेला चर्चामा छ ।

सिस्नुपानी नेपालले बिहीबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा शर्माले पश्चिम नेपालका पहाडी जिल्लामा नाचिने मयुर नाच देखाएका थिए । जसको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

रुकुम पश्चिमका स्थायी बासिन्दा पूर्वमन्त्री शर्मा उक्त नाचमा रैथाने पोशाकमा थिए । सेतो धोती, कालो स्टकोट, ढाका टोपी, मयुर प्वाँखको झेम्टासहित नाचेका उनको नाचको कार्यक्रम स्थलमै थुप्रैले प्रशंसा गरेका थिए ।

‘त्रिशुली बगेर मर्स्याङ्दीमा झरेछ’ गीतको मौलिक धुनमा नाचेका शर्माले राम्रो तयारी गरेको पनि देखिन्छ । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनको नृत्यकलामा रमाएका थिए ।

ओलीले कार्यक्रमको सम्बोधनमै शर्मासहित अन्य कलाकारको प्रशंसा गरेका थिए । ‘सिस्नुपानी नेपालको कारण राम्रा प्रस्तुति हेर्न पाइयो, सबै कलाकारले राम्रो प्रस्तुति दिनुभयो’, ओलीले भनेका थिए ‘मलाई यसको शीर्षक पनि अत्यन्त्यै राम्रो लाग्यो, जुरुक्क कर्णाली ! कर्णाली जुरुक्क उठाउनको लागि प्रेरणा र ऊर्जा दिन सिस्नुपानी नेपालले राम्रो काम गर्‍याे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप