गोरखाको प्रजा ज्योति विद्यालयमा शैक्षिक सामग्री वितरण
सारांश
- एनआरएनए स्पेनको महिला फोरमले गोरखाको विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
- विद्यालयमा चेपाङ समुदायका बालबालिकाहरू अध्ययनरत छन्, जसको शिक्षा आर्थिक अभावका कारण प्रभावित हुने गरेको छ।
- सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै, चिन्तामणी सापकोटाले महिला फोरमको सहयोगको बारेमा जानकारी दिए।
गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको महिला फोरमले गोरखा जिल्लाको गण्डकी गाउँपालिकामा अवस्थित प्रजा ज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
एनआरएनए स्पेनका पूर्व अध्यक्ष तथा हाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)का सचिव चिन्तामणी सापकोटाले एनआरएनए स्पेन महिला फोरमको तर्फबाट विद्यालयलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सापकोटा आइसीसीको ‘वान एनसीसी, वान च्यारिटी’ अभियानका संयोजक पनि छन् ।
यो विद्यालयमा मुख्य रूपमा चेपाङ समुदायका ६३ जना बालबालिकाहरू अध्ययनरत छन् । आर्थिक अभावका कारण उनीहरूको शिक्षा प्रायः प्रभावित हुने गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा विद्यालय पोशाक, कापी, कलम लगायतका आधारभूत शैक्षिक सामग्रीहरू समावेश छन् । यी सामग्रीले बालबालिकाहरूलाई नियमित अध्ययनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा सापकोटाले महिला फोरमकी निवर्तमान संयोजक तथा हाल उपाध्यक्ष भएकी जमुना सापकोटा र उनको टिमले सहयोग गर्ने निर्णय गरेकाले आफूले हस्तान्तरण गरेको बताए ।
सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चेपाङले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिइन् । उनले भनिन्, ‘अहिले पनि विद्यालय अप्ठेरो अवस्थामा छ । दाताहरूको सहयोगले मात्र यो चलेको छ। सरकारले ३ जना स्थायी शिक्षकको दरबन्दी दिएको छ, तर बाँकी ४ जनालाई आन्तरिक स्रोत र नमस्ते तारा फाउन्डेशनको सहयोगबाट व्यवस्थापन गरेका छौं ।’ चेपाङ समुदायका बालबालिकाहरूमा स्वास्थ्य समस्या पनि बढ्दो क्रममा रहेको उनले बताइन् ।
प्रधानाध्यापक निर्मला अर्याल रेग्मीले सहयोगका लागि आभार व्यक्त गर्दै विद्यालयको शिक्षा सुधारमा आफूहरू निरन्तर प्रयासरत रहेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण