बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी लाभाजले भित्र्यायो रसियन खेलाडी

शनिबार, ०७ भदौ २०८२, १६ : १६
शनिबार, ०७ भदौ २०८२

सारांश

  • लुम्बिनी लाभाजले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको लागि रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ।
  • जुवरेभ मिडल ब्लकर हुन् र उनले रसियाका विभिन्न लिगहरूमा खेलेकी छिन्।
  • टिम म्यानेजरका अनुसार, टिमलाई सशक्त बनाउन अन्य दुई विदेशी खेलाडी चाँडै सार्वजनिक हुनेछन्।

काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ । 

नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा. लि.ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो । 

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छिन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता, टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

लुम्बिनी लाभाज टिमलाई अझै शसक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केहि दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुती निरौलाले बताइन् । विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास ब्यक्त गरेकी छिन् ।

यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिबल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरु पूर्णरुपमा प्रशिक्षणमा रहेका छन् । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप