‘कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरङ्कुशता छ’
सारांश
- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताए ।
- उनले देश विकासका लागि नेतृत्वमा निर्भर रहनुपर्ने र तानाशाही शासनबाट पनि विकास भएको उदाहरण दिए ।
- पाण्डेले युवाहरूलाई संगठित गरेर देशलाई नयाँ दिशा दिनुपर्ने धारणा राखे ।
काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताएका हुन् ।
कतै देश विकास तानासाहीहरूबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए । उनले भने, ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिले कहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन की भन्ने लाग्छ । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन । कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरङ्कुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरूको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।’
उपाध्यक्ष पाण्डेले युवाहरूको बिचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बताए । विश्वविद्यालयहरू पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको बताउनु भयो । अहिलेका युवा नेता देखेपछि मानिसहरू भाग्ने गरेको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण