लोकतान्त्रिक गणतन्त्रमा प्राप्त अधिकारीबारे जनतालाई स्पष्ट पार्नुपर्छ : पम्फा भुसाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले तिज एउटा पर्वको रूपमा रहेको बताइन् । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई जनतामा लैजाने, आम विद्यार्थीमा पुर्याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्नेमा उपाध्यक्ष भुसालले जोड दिइन् ।
निरङ्कुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ ? भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने बताइन्।
उनले भने,‘तिज अहिले एउटा पर्वको रूपमा छ । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरूलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पुर्याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने अहिलेको एजेण्डामा गीत रचना हुनुपर्छ । निरङ्कुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ । त्यो बारेमा स्पष्ट बुझाउनुपर्छ ।’
उपाध्यक्ष भुसालले तिज सबै जातजातिले मनाउने गरेको समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण