राजनीति
सञ्जीव राईलाई युवा संघले गर्यो साधारण सदस्य नै नरहने गरी निलम्बनको सिफारिस
आइतबार, ०८ भदौ २०८२, १९ : ५७
सारांश
- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको अनुशासन आयोगले सह-संयोजक संजीव राईलाई निलम्बनको सिफारिस गरेको छ।
- राईले स्पष्टीकरण नबुझाएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न सिफारिस गरिएको हो।
- युवा संघमा राईले समानान्तर कमिटी गठन गरेर गतिविधि गर्दै आएका थिए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगले सह–संयोजक सञ्जीव राईलाई साधारण सदस्य समेत नरहने गरी निलम्बनको सिफारिस गरेको छ ।
आयोगका अनुसार गत २०८२ साउन ३ गतेभित्र स्पष्टीकरण पेस गर्न दिएको निर्देशन अवज्ञा गर्दै जवाफ पेस नगरेपछि उनलाई निलम्बनको सिफारिस गरेको अनुशासन आयोगका अध्यक्ष विकल केसीले जनाएका छन् ।
संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्य समेत नरहने गरी निलम्बनका लागि सिफारिस गरेको केसीको भनाइ छ । युवा संघमा राईले समानान्तर कमिटी गठन गरेर गतिविधि गर्दै आएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण