यु १७ महिला च्याम्पियनसिप : बंगालदेशसँग पनि हार्यो नेपाल
काठमाडौँ । भुटानमा जारी साफ यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपालले अर्को हार बेहोरेको छ । नेपाल बंगलादेशसँगको तेस्रो खेलमा ३–० ले पराजित भएको हो ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा नेपाललाई हराउन बंगलादेशले पहिलो हाफमा दुई तथा दोस्रोमा एक गोल गर्यो ।
पहिलो खेलमा भारतसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालको यो दोस्रो हार हो । नेपालले दोस्रो खेलमा भुटानलाई भने २–१ ले पराजित गरेको थियो ।
प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइने यस प्रतियोगितामा सबै टोली एक अर्कासँग दुई–दुईपटक आमनेसामने हुनेछन् । अन्त्यमा तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
बंगलादेश यस प्रतियोगिताको साबिक विजेता हो । सन् २०२४ मा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । नेपालले सन् २०२२ मा यो प्रतियोगिताको विजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण