कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल भाद्र ९ गतेको बार, तिथि, नक्षत्र, योग र करणको जानकारी दिइएको छ।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा दिनमानको विवरण प्रस्तुत गरिएको छ।
- शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको समय उल्लेख गरिएको छ, साथै विभिन्न राशिका लागि राशिफल दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल भाद्र ९ गते । सोमबार । ईश्वी सन् २०२५ अगस्ट २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि– द्वितीया, १५ घडी ९ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी, ५६ घडी २ पला, रातको ४ बजेर ४ मिनेट उप्रान्त हस्त । योग–सिद्ध, १९ घडी ५३ पला, दिउसो १ बजेर ३७ मिनेट उप्रान्त साध्य । करण–कौलव, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ९ मिनेट उप्रान्त गर । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–सिंह, बिहान ८ बजेर ५६ मिनेट उप्रान्त कन्या । दरखाने दिन ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर ४० मिनेटदेखि बिहान ७ बजेर १६ मिनेटसम्म काल बेला ।
- बिहान ७ बजेर १७ मिनेटदेखि बिहान ८ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर ५३ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
- मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म चर बेला ।
- दिउसो १ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर १८ मिनेटसम्म लाभ बेला ।
- दिउसो ३ बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ७ बजेर ५४ मिनेटसम्म चर बेला ।
नोट:शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ७ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर ५२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । छिमेकीहरू माझ राम्रो काम गरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धाबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । आफन्तसँग भेटघाट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुटुम्ब तथा वाणी भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । तर पनि प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । खानपान तथा यात्रामा समय व्यातित हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । भेटघाट, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार, शेयर जार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहा नेहरुका लागी समय उत्तम रहेको छ । भेटघाट तथा खानपानमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेट हुने हुनाले मन प्रफुल्ल रहनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यापार र वित्तीय क्षेत्रबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण