कति समय पछि टूथब्रस परिवर्तन गर्नुपर्छ ?
सारांश
- विशेषज्ञका अनुसार मौखिक स्वास्थ्य शरीरका लागि महत्त्वपूर्ण छ, तर धेरैले दाँतको हेरचाहलाई बेवास्ता गर्छन्।
- कमजोर सरसफाइले अल्जाइमर, स्ट्रोक र पाचन समस्या निम्त्याउन सक्छ, त्यसैले विज्ञहरूले टूथब्रस नियमित बदल्न सुझाव दिन्छन्।
- हरेक ३ महिनामा टूथब्रस बदल्नुपर्छ, नरम ब्रिसल र सानो आकारको ब्रस प्रयोग गर्नुपर्छ, र दिनमा दुई पटक दाँत माझ्नुपर्छ।
काठमाडौँ । शरीरलाई स्वस्थ राख्न मुटु, फोक्सो, मिर्गौला वा कलेजो जत्तिकै मौखिक स्वास्थ्य पनि महत्वपूर्ण हुने विशेषज्ञहरू बताउँछन्। तर धेरैजसो मानिसहरूले दाँत र गिजाको हेरचाहलाई बेवास्ता गर्ने गरेको पाइन्छ।
वैज्ञानिकहरूको एक अध्ययनले दाँत र गिजाको कमजोर सरसफाइले अल्जाइमर, स्ट्रोकदेखि पाचन प्रणालीसम्बन्धी समस्यासम्म बढाउन सक्ने चेतावनी दिएको छ।
अमेरिकन डेन्टल एसोसिएसनका विज्ञहरूका अनुसार, हरेक ३ महिनामा टूथब्रस बदल्नुपर्छ। लामो समय एउटै ब्रस प्रयोग गर्दा ब्रिसल बिग्रिन्छ र सफाइ गर्ने क्षमता घट्छ। पुरानो ब्रसमा १० लाखभन्दा बढी ब्याक्टेरिया जम्मा हुन सक्ने अनुसन्धानले देखाएको छ।
दन्त विशेषज्ञ भन्छन्, ‘टूथब्रस दैनिक प्रयोग हुने भएकाले यसमा खाना, ब्याक्टेरिया र ओसिलोपनका कणहरू जम्मा हुन्छन्। लामो समय एउटै ब्रस प्रयोग गर्दा दाँत मात्र होइन, मुटु, फोक्सो र पाचन प्रणालीमा समेत असर पर्न सक्छ।’
कहिले तुरुन्त ब्रस बदल्ने ?
- रुघाखोकी, फ्लू वा कोभिड निको भएपछि
- ब्रसको ब्रिसल बाङ्गो वा भाँचिएको छ भने
- सफाइ गर्ने क्षमता कमजोर भएको महसुस हुँदा
ब्रस किन्दा ध्यान दिनुपर्ने कुराहरू
- नरम ब्रिसल भएको ब्रस मात्र प्रयोग गर्ने
- सानो आकारको ब्रस रोज्ने, जसले मुखको कुनाकाप्चा सजिलै सफा गर्न सकोस्
- बच्चा र वयस्कका लागि फरक–फरक आकारको ब्रस प्रयोग गर्ने
दन्त चिकित्सकहरूको सल्लाह अनुसार दिनमा कम्तिमा दुई पटक दाँत र जिब्रो सफा गर्ने, साथै हरेक ३ महिनामा ब्रस बदल्ने बानीले मौखिक स्वच्छता मात्र होइन, सम्पूर्ण स्वास्थ्यलाई सुरक्षित राख्न मद्दत गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
-
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण