तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड
मङ्गलबार, १० भदौ २०८२, ०६ : २३
सारांश
- प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताए।
- उनले स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरे।
- प्रचण्डले तीजको मौलिक पक्षको संरक्षण गर्न आग्रह गर्दै समानताको अवसरका रूपमा लिन आग्रह गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना पनि गरेका छन् ।
उनले भनेका छन्– 'नेपाली महिलाहरूले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तीजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण