सेवा प्रवाह सहज र सरल बनाउन २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी
सारांश
- सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव प्रशासन समितिमा पठाएको छ।
- गृह मन्त्रालयले सेवा प्रवाहलाई सहज बनाउन र असमानता हटाउन यस्तो निर्णय लिएको हो।
काठमाडौँ । सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।
प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठुलो सङ्ख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण