न्यायालय
प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको कागजात झिकाउन अदालतको आदेश
बुधबार, ११ भदौ २०८२, १४ : ००
सारांश
- सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको विश्वासको मतसम्बन्धी विवादमा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश दिएको छ।
- अधिवक्ता वीरेन्द्र केसीको रिटमा सुनुवाइ गर्दै अदालतले नागरिक उन्मुक्ति पार्टीको पत्र झिकाउन आदेश गरेको हो।
- अदालतले नागरिक उन्मुक्ति पार्टीका मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र पनि झिकाउने आदेश गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ ।
अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनस् समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।
साथै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण