शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अभिनेता मगर र निर्माताबिचको विवाद सुल्झियाे

बुधबार, ११ भदौ २०८२, १८ : ०१
बुधबार, ११ भदौ २०८२

काठमाडौँ । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबिचको विवाद सुल्झिएकाे छ । बुधबार चलचित्र निर्माता सङ्घको रोहवरमा भएको छलफलमा दुवैबिच सहमति भएको हो ।

केही पहिले अभिनेता धीरज मगर विरुद्ध चलचित्र ‘ऐरी’ को निर्माण कम्पनी मल्टी म्याट प्रा.लिबाट १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतिपूर्ति माग गर्दै निर्माता सङ्घमा उजुरी परेको थियो ।

मल्टी म्याट प्रालिका सञ्चालक कमलबहादुर आलेले दिएको उजुरीमा मगरले सम्झौता बमोजिम काम नगरेर धोका दिएको आरोप लगाइएको थियो ।

उजुरीमा अभिनेता मगरले चलचित्रका लागि कागजी सम्झौता गरेर अग्रिम भुक्तानी लिइसकेपछि १६ दिन मात्र छायाङ्कनमा गई, बाँकीको २८ दिन छायाङ्कनमा समय नदिएको र उनको गैरव्यवसायीक,गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठुलो क्षति पुगेको कुरा उल्लेख थियो । त्यसैले निर्माण टिमले मगरविरुद्ध उजुरी हालेका थिए ।

छलफलपछि सङ्घको रोहबरमा दुवै पक्षबिच सहमति भएको सङ्घका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् । 

छलफलपछि तोकिएको अवधिमा अभिनेता मगरले छायाङ्कनका लागि समय दिने सहमति भएको छ भने अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म फिल्मको छायाङ्कन समय तोकिएको छ । यससँगै अभिनेता मगरले रकम तिर्नु नपर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप