सिकल सेल रोगको उपचारका २० करोडको औषधि सहयोग
बिहीबार, १२ भदौ २०८२, १२ : ०४
सारांश
- नेपाल सरकारलाई भारत सरकारले सिकल सेल रोगको उपचारका लागि करिब २० करोड रुपैयाँको औषधी सहयोग गरेको छ।
- स्वास्थ्य सेवा विभागलाई प्राप्त उक्त सहयोग स्वास्थ्य मन्त्रालयमार्फत आएको हो ।
- भन्सार महसुल, दस्तुर, शुल्क वा करमा पूर्ण छुट दिने राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।
काठमाडौँ । नेपाल सरकारलाई सकल सेल रोगको उपचारका लागि करिब २० करोड रुपैयाँको औषधी सहयोग भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई भारत सरकारबाट सकल सेल रोगको उपचारका लागि वस्तुगत सहायतास्वरुप औषधी प्राप्त भएको हो ।
भदौ ९ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सहयोग स्वरुप प्राप्त हुने अमेरिकी डलर १५ लाख ५२ हजार ७२.०७ (करिब २० करोड ६० लाख रुपैयाँ) मूल्य बराबरको सिकल सेल रोगको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री (औषधि) पैठारीमा नेपाल सरकारले सम्पूर्ण भन्सार महसुल, दस्तुर, शुल्क वा करमा पूर्ण छुट दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण