राजनीतिक दलहरूको मनस्थिति पूर्ण समानुपातिक निर्वाचनसम्म पुगेको छैन : मन्त्री गुरुङ
सारांश
- मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान दलहरूको मनस्थिति नपुगेको बताए।
- उनले उपेक्षित समुदायलाई राज्य संयन्त्रमा जोड्न समानुपातिक प्रणाली आवश्यक रहेको जनाए।
- मन्त्री गुरुङले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना परिवर्तन भएको र राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान राजनीतिक दलहरूको मनस्थिति अहिलेसम्म नपुगेको बताएका छन्।
शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्तव्य दिँदै मन्त्री गुरुङले भने, ‘पूर्ण समानुपातिक प्रणालीमा जान सके मात्रै उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिन्छ। यसले सबैभन्दा सस्तो प्रणाली हो र व्यक्तिले खर्च न्यून हुने हुँदा दलबिचको प्रतिस्पर्धा पनि कम हुन्छ।’
उनले संविधानले आदिवासी तथा अन्य पिछडिएका समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न जनमत सिर्जना गर्न आवश्यक रहेको बताए। मन्त्री गुरुङले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना परिवर्तन भएको र त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने आवश्यकता औँल्याए।
उनले आदिवासी, पिछडिएका र वञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै, एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएको कारण सङ्घीयता ल्याउनुपरेको पनि स्मरण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण