फोटोफिचर
कागे अष्टमी पर्व : हनुमानढोकास्थित कागेश्वरी महादेवमा श्रद्धालुहरूको भीड
आइतबार, १५ भदौ २०८२, १३ : ०९
सारांश
- कागेश्वरी महादेव मन्दिरमा कागे अष्टमीको अवसरमा भक्तजनको भीड लागेको छ।
- वर्षमा एकपटक मात्र खुल्ने मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको लाम लागेको थियो।
- कागेश्वरी महादेवको दर्शन गर्नाले काग दोष हट्ने र हरियो मकै चढाउँदा कागले नखाने धार्मिक विश्वास छ।
काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व पारेर आज राजधानीको हनुमानढोकास्थित कागेश्वरी महादेव मन्दिरमा श्रद्धालुहरूको ठुलो भीड लागेको छ।
_PsPLL7iJgP.jpg)
वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिरमा बिहानैदेखि पूजा–आराधना र दर्शन गर्न भक्तजनहरूको लामबद्ध भीड देखिएको छ। कागेश्वरी धाममा पुग्न नसक्नेहरूले हनुमानढोकामा रहेको यस कागेश्वरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ।
_evs7CEJujo.jpg)
धार्मिक विश्वास अनुसार, यस दिन कागेश्वरी महादेवको दर्शन गर्दा वर्षदिनसम्म कागले छोएको वा अन्य ‘काग दोष’ हट्ने मान्यता छ। साथै, आजको अवसरमा हरियो मकै चढाएमा बारीमा लगाएको मकै कागले नखाने विश्वास गरिएको छ।
_Z9Z04wQS7M.jpg)
कागे अष्टमी पर्वमा मन्दिरमा दर्शन गर्नेहरूले शान्ति, सुख–समृद्धि र दोष नाशको कामना गर्ने परम्परा रहेको छ।
_FuaNhUSqdv.jpg)
_XL7IIpcUF1.jpg)
_C0KROdTIgU.jpg)
_bYBwOyWALE.jpg)
_kwZpHUITiB.jpg)
_XcE5yoZL0f.jpg)
_ADknWmRp4s.jpg)
_WS2UkbZF6J.jpg)
_HcsP7lI9tR.jpg)
_7Y8EsCNFW2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण