बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक: सञ्चारमन्त्री

आइतबार, १५ भदौ २०८२, १३ : ४०
आइतबार, १५ भदौ २०८२

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । 

१८ औँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालय दिवस मूल समारोह समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गुरुङले देशभर विभिन्न निकायले सञ्चालन गरेका पुस्तकालयलाई डिजिटलाइजेसन गर्दै तीनै तहको सरकार मिलेर कानुनी र आर्थिक रूपमा पुस्तकालयलाई बलियो बनाउन आवश्यक रहेको बताएका हुन् । 

युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुखस्थल बनेको उनले बताए । उनले विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको धारणा राखे । 

त्यसैगरी मन्त्री गुरुङले अवदेखी बैंक नोट बाहेक सबै चिजहरू हुलाक टिकट, स्मार्ट कार्डहरू लगायत सुरक्षण मुद्रण केन्द्रमा छापिने जानकारी दिए ।  नेपाल सरकारले विसं २०६५ देखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएको सम्झनामा हरेक बर्ष भदौ १५ गते यो दिवस मनाउने गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप