सामसङ ग्यालेक्सी ए१७ फाइभजी नेपालमा सार्वजनिक
सारांश
- सामसङले नेपालमा नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गर्यो, जसको मूल्य विभिन्न संस्करणमा तोकिएको छ।
- यसमा ६.७ इन्चको डिस्प्ले, ५० एमपीको मुख्य क्यामेरा र एआई टुलहरू जस्ता विशेषताहरू छन्।
- सामसङले उपभोक्तालाई स्मार्ट र सहज अनुभव दिने लक्ष्य राखेको छ।
काठमाडौँ । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको छ। यसको मूल्य रु. ३४ हजार ९९९ (८/२५६जीबी), रु. ३० हजार ९९९ (८/१२८जीबी) र रु. २८ हजार ९९९ (६/१२८जीबी) तोकिएको छ।
ग्यालेक्सी ए१७ फाइभजी मा ६.७-इन्च सुपर एएमओएलईडी डिस्प्ले ९०हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड, र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
यसमा जेमिनाई इन्टिग्रेशन, जेमिनाई लाइभ र सर्कल टू सर्चजस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, ‘ग्यालेक्सी ए१७ फाइभजी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौँ। ए१७ ले एआई-सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण