लोकतान्त्रिकरणको अभावमा एमाले फुटेको होइन : सुरेन्द्र पाण्डे
सारांश
- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताए।
- उनले पार्टीमा दुई कार्यकालको व्यवस्थाबारे बहस भइरहेको र विधान महाधिवेशनले छिनोफानो गर्ने बताए।
- पाण्डेले एमालेभित्र मात्र नभई सबै पार्टीमा लोकतान्त्रीकरणको मुद्दामा बहस चलाउनुपर्ने सुझाव दिए।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले गत विधान महाधिवेशनबाट २ कार्यकाल र उमेर हदको व्यवस्था गरिए पनि उमेर हदको व्यवस्था बिचमा निलम्बन गरिएको बताए ।
उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो गर्ने बताए ।
‘यो बहसमा बहुमत विधान महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन्, त्यही व्यवस्था रहन्छ’, पाण्डेले भने– ‘तर बहुमतले सधैँ सहि निर्णय नगर्न सक्छ’ उनले आज नगरे पनि भोलि यो पद्धति विकास हुने भन्दै विगतमा पनि त्यही भएको बताए । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मर्म र भावना पनि प्रतिस्पर्धा नै भएको बताए ।
उनले अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरेर नै मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाको बाटोबाट जानुपर्छ भनेर चौथो महाधिवेशन हुँदै पार्टीमा लोकतान्त्रिकरणको प्रक्रिया सुरु गरेको बताए ।
पछिल्लो समय नेकपा एमाले प्रतिस्पर्धाको कारणबाट पार्टी विभाजित भएको भन्ने भ्रममा सत्यता नभएको पाण्डेको भनाइ छ । ‘नेकपा नबनेर एमाले मात्रै भएको भए पार्टी विभाजन हुँदैनथ्यो’, पाण्डेले भने– ‘हामीलाई लोकतान्त्रिकरण नभएर पार्टी फुट्यो भन्ने भ्रम छ त्यो होइन । ढङ्ग नजानेर पार्टी फुट्यो ।’
उपाध्यक्ष पाण्डेले एमालेभित्र मात्र नभएर नेपालका सबै पार्टीभित्र लोकतान्त्रिकरणको मुद्दामा बहस चलाउनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण