रेलिङ चोरी
मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलको रेलिङ चोरी
सोमबार, १६ भदौ २०८२, २३ : १२
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलमा जडान गरिएको फलामे रेलिङ चोरी भएको छ।
- डिभिजन भरतपुरका अनुसार भदौ १५ गते राति रेलिङ चोरी भएको हो र प्रहरीलाई जानकारी गराइएको छ।
- दुर्घटना न्यूनीकरणका लागि पुल क्षेत्रमा फलामका पाइप वेल्डिङ गरिएको छ र चालकलाई सतर्क रहन अनुरोध छ।
काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी पुलमा जडान गरिएको फलामे रेलिङ अज्ञात समूहले चोरी गरेको छ। सडक डिभिजन भरतपुरका अनुसार रेलिङ भदौ १५ गते राति चोरी भएको हो । सोमबार बिहान इन्जिनियरको टोलीले साइट सुपरभिजन गर्ने क्रममा रेलिङ चोरी भएको पत्ता लागेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई अवगत गराइएको डिभिजनले जनाएको छ।
सोमबार एक सूचना जारी गर्दै सडक डिभिजन भरतपुरले सम्भावित दुर्घटना न्यूनीकरणका लागि तत्कालीन रूपमा पुल क्षेत्रमा राति पनि देखिने गरी फलामका पाइप वेल्डिङ गरेर ‘डेन्जर जोन’ क्षेत्र कभर गरिएको जनाएको छ ।
साथै, कार्यालयले नाम्सी पुल हुँदै आवतजावत गर्ने सवारी साधन चालकलाई विशेष सतर्कता अपनाउन, लेन अनुशासनमा रहन र सुरक्षित गतिमा सवारी सञ्चालन गर्न अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण