राप्रपाले प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गरेपछि रास्वपाले दियो स्याबासी
सारांश
- राप्रपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन गर्ने निर्णय गरेको छ।
- रास्वपाले राप्रपाको यो कदमको स्वागत गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएको छ।
- राप्रपाले आकांक्षी उम्मेदवार छनोटका लागि मतदाताबाट आन्तरिक निर्वाचन गर्नेछ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवीन अभ्यासको रूपमा प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्वागत गरेको छ ।
आन्तरिक प्रारम्भिक निर्वाचन गर्ने दिशामा अघि बढेको भन्दै मंगलबार रास्वपाले सामाजिक सञ्जाल फेसबुकमार्फत राप्रपालाई स्याबासी दिएको हो ।
रास्वपाले प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्दै आएकाे छ ।
राप्रपाको आज बसेको बैठकले रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकाङ्क्षी उम्मेदवारहरू मध्येबाट प्रजातान्त्रिक ढङ्गबाट उम्मेदवार छनौट गर्न मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकाङ्क्षी उम्मेदवारलाई उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने निर्णय गरेको थियो ।
आगामी कात्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण