दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
बुधबार, १८ भदौ २०८२, ०९ : ४६
सारांश
- तनहुँको थर्पु बजारमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय विजय थापाको उपचारको क्रममा मृत्यु भयो।
- अर्का घाइते १९ वर्षीय प्रविण क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ।
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।
गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण