बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना, चालकको मृत्यु
बिहीबार, १९ भदौ २०८२, १० : ३५
सारांश
- बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा परि दुई जना घाइते भएका छन्।
- दुर्घटना सुर्मा गाउँपालिका-३ को दौलिगाडमा भएको हो।
बझाङ । बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसीबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी गणेशसिंह महराका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा हिजो साँझ ८ बजे जेसीबी पल्टिएको हो । उक्त दुर्घटनामा जेसीबी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवि बोहरा र वडा नम्बर ५ का धर्मराज जेठारा घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण