कैलाली कारागार घटनामा घाइते भएका कैदी सात ठाउँमा स्थानान्तरण
धनगढी । कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ। कारागार प्रशासनले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायतका ठाउँमा स्थानान्तरण गरेको हो ।
साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदी बन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो। जेलर चिरञ्जीवी सापकोटाका अनुसार उपचार पश्चात् निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेका छन् ।
एक जना भने कैद भुक्तान गरेर रिहा भएका छन्। कारागार प्रशासनले कञ्चनपुर र डडेल्धुरामा ६–६ जना, बाँकेको नौबस्ता र काठमाडौँमा पाँच–पाँच जनालाई स्थानान्तरण गरेको छ। यसैगरी डोटीमा तीन, बझाङमा तीन र नवलपरासीमा एक जनालाई स्थानान्तरण गरिएको छ।
अब १८ जना कैदी बन्दी मात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन्। उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण