‘कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी’
बिहीबार, १९ भदौ २०८२, १३ : ५२
सारांश
- अर्जुननरसिंह केसीले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
- उनले किसानहरू भुक्तानी ढिलाइ, अनुदान कटौती, कम मूल्य र मलको अभावले समस्यामा परेको बताए।
- केसीले बाढी पहिरोबाट नागरिकले ज्यान गुमाउँदा सरकारले बेवास्ता गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै केसीले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताएका हुन् ।
उनले भने, ‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरू निरन्तर समस्यामा छन् । उखु किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन् । तत्काल माग सम्बोधन होस् ।’
उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भए पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण