जलाधार र जैविक विविधता संरक्षणमा जोड दिऔँ : वनमन्त्री
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले एकीकृत जलाधार व्यवस्थापन र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पारदर्शी, जनमुखी र सम्मानजनक सेवा प्रवाहमार्फत समृद्ध प्रदेश निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री केसीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेर वन डढेलो नियन्त्रणको लागि अग्नि रेखा निर्माणदेखि स्वदेशी काठको प्रयोगसम्मका विषयमा प्रभावकारी काम गर्ने बताए ।
दुर्लभ, लोपोन्मुख र संरक्षित वनस्पतिको स्व–स्थानीय र परस्थानीय संरक्षण र व्यवस्थापन गरिने उनको भनाइ छ ।
संरक्षित वन क्षेत्रहरूको समुदायमैत्री व्यवस्थापनको लागि सङ्घ र स्थानीय तहसँग समन्वयकारी भूमिका खेल्ने उनका भनाई छ ।
मन्त्री केसीले प्रदेशका सबै जिल्लाहरूमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरी स्वदेशी काठको प्रयोगलाई अनिवार्य गर्ने बताए ।
वन क्षेत्रमा हुने यौनजन्य हिंसा तथा सामाजिक विभेदमा समेत शून्य सहनशीलताको नीति अवलम्बन गरिने, प्रदेश राष्ट्रिय वन ऐन र वातावरण संरक्षण ऐनलाई समयानुकूल संशोधन गरी विधेयक तयार गरिने उनले बताए ।
मन्त्री केसीका अनुसार विगतमा सुरु भएको ‘छोरोल्पा संवाद’लाई निरन्तरता दिने, तीनै तहका सरकारको पहलमा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट बच्न पूर्वसूचना प्रणाली जडान गर्ने कामको थालनी गरिने जनाए ।
भू–तथा जलाधार व्यवस्थापन कार्यमा स्थानीय स्रोतको प्रयोग, कम खर्चिलो प्रविधि र बायो इन्जिनियरिङ प्रणालीलाई प्राथमिकता दिइने उनले बताए ।
सरकारले घोषणा गरेको कृषिका लागि हानिकारक वन्यजन्तु, रातो बाँदर लगायतका वन्यजन्तुहरूको नियन्त्रण र व्यवस्थापनका उपायहरू खोज्न मन्त्रालयस्तरमा कार्यदल गठन गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण