विद्यालयमा दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना
सारांश
- महोत्तरीको पिपरा गाउँपालिकामा दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भएका छन्।
- विद्यालय प्रशासनका अनुसार खाजा खाने क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएपछि स्वास्थ्य समस्या आएको थियो।
- अहिले विद्यार्थीहरुको अवस्था सामान्य रहेको र रातिभर निगरानीमा राख्ने चिकित्सकले बताएका छन्।
जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित श्रीआदर्श उच्च माविमा बिहीबार दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।
दिवा खाजाका क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो देखिएको र केहीमा सामान्य स्वास्थ्य समस्या देखा पर्नासाथ सबै विद्यार्थीलाई अस्पतालमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको विद्यालय प्रशासन स्रोतले जनाएको छ ।
दिवा खाजा खाएका विद्यार्थीलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याएर चिकित्सकको निगरानीमा राखिएको हो । डा. रमेश यादवका अनुसार विद्यार्थीहरूमा अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन । यद्यपि रातभर निगरानीमा राख्ने उनको भनाइ छ ।
पालिका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको आफूले थाहा पाएको तर वास्तविकता बुझ्न नपाएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरू दिवा खाजा खाएपछि बिरामी भएको भन्ने सुनेको छु ।’ आफू वास्तविकता बुझ्ने प्रयासमा रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गन्धर्व समुदायका महिला तरकारीखेतीमा
-
अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका
-
प्रहरी समायोजन र कर्मचारी व्यवस्थापन नहुँदा प्रशासनिक सङ्घीयता कमजोर बन्यो : दङ्गाल
-
सरकारले सङ्घीयताको भावना र मर्म विपरीत कार्य गर्यो : मदनकुमारी साह
-
चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री
-
बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण