बैंकिङ्ग कसुरको ३ वटा मुद्दामा फरार महिला पक्राउ
शुक्रबार, २० भदौ २०८२, १६ : २०
सारांश
- प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दोलखाकी ३८ वर्षीया रञ्जिता थापा छिन्, जो भक्तपुरमा बस्दै आएकी थिइन्।
- उनलाई भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरिएको हो, र उनीविरुद्ध विभिन्न ठाउँमा मुद्दा दर्ता छन्।
काठमाडौँ । बैंकिङ्ग कसुरको ३ वटा मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–१ घर भएर भक्तपुर बस्ने ३८ वर्षीया रञ्जिता थापा छिन् ।
उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
आरोपीविरुद्ध प्रहरी वृत्त गौशाला, सोह्रखुट्टे र जिल्ला प्रहरी कार्यालय दोलखामा बैकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । उनीबिरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण