खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशिला हो: अध्यक्ष दाहाल
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको बताए ।
- उनले लोकतन्त्रपछि खेल क्षेत्रमा सुधार भएको र यसको संस्थागत विकासका लागि पहल गरेको स्मरण गराए ।
- अध्यक्ष दाहालले खेल क्षेत्रलाई अझ बढी प्राथमिकता दिनुपर्ने र माओवादीको नेतृत्वमा मात्रै सुधार सम्भव रहेको बताए।
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको उल्लेख गरेका छन् ।
कीर्तिपुरमा शुक्रबार आयोजित अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रपछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको र यसको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको स्मरण गराए ।
उनले आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा नै गाउँदेखि केन्द्रसम्म खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी हजारौँ खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गरिएको बताए ।
अध्यक्ष दाहालले अघिल्लो शासन प्रणालीमा खेलकुद क्षेत्रलाई निरङ्कुशता र पञ्चायती व्यवस्थाको संरक्षणका लागि प्रयोग गरिएको भए पनि गणतन्त्रको स्थापनापछि यस क्षेत्रलाई सभ्य समाज, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय भाइचाराका लागि उपयोग गरिएको स्पष्ट पारे ।
उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा विभिन्न पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा विश्वमाझ उजागर गरेका उदाहरण प्रस्तुत गर्दै राज्यले यदि खेलकुद क्षेत्रलाई अझ बढी प्राथमिकता दिएमा उल्लेखनीय गुणात्मक प्रगति सम्भव रहेको धारणा व्यक्त गरे ।
सम्मेलनको सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले अखिल नेपाल खेलकुद महासङ्घ र माओवादी केन्द्रले खेल क्षेत्रलाई थप सशक्त बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले माओवादी नेतृत्वमा मात्र खेल क्षेत्रमा सुधार सम्भव भएको समेत उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण