जेनजीको प्रदर्शनलाई अभिनेता अनमोल केसीको समर्थन
काठमाडौँ । अभिनेता अनमोल केसीले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा आलोचना गरेका हुन्।
केसीले नेपाली नागरिकहरू चुप लागेर नबस्ने भन्दै सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता र आवाजलाई दबाउन खोजिए अझ ठूलो स्वरमा उठ्ने बताएका छन्। 'हाम्रो अधिकार कसैले रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन,' उनले लेखेका छन्।
उनले नेपाली नागरिकको आवाजलाई बेवास्ता गर्न नसकिने बताउँदै सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध चिन्ताजनक रहेको उल्लेख गरेका छन्। अनमोलले एकता, शान्ति र दृढताका साथ आवाजलाई दबाइने नभई सुनिएको नेपालका लागि एकसाथ उभिन आह्वान गरेका छन्।
उनले आफ्नो पोस्टमा #आवाज उठाउने पुस्ता, #जेनजेडको सङ्घर्ष र #भोलिको भेला_हाम्रो भविष्य जस्ता ह्यासट्यागहरू पनि प्रयोग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण