लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको प्यानल निर्वाचित
सारांश
- लेखनाथ उद्योग वाणिज्य संघको १५ औँ अधिवेशनबाट जानुका पराजुली अध्यक्षमा निर्वाचित भएकी छिन्।
- निर्वाचनमा पराजुलीले ९९६ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी राजेन्द्र ओझाले ८३३ मत ल्याए।
- जानुका पराजुलीको प्यानलले अध्यक्षसहित सबै पदमा जित हासिल गरेको छ।
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पहिलो पटक महिलाको नेतृत्व पाएको छ । संघको १५ औँ अधिवेशनबाट जानुका पराजुली निर्वाचित भएकी हुन् ।
शनिबार सम्पन्न निर्वाचनमा जानुकाले ९ सय ९६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत पाए । अध्यक्षसहित जानुका पराजुलीको प्यानलले सबै पदमा ‘क्लिन स्विप’ गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला (९६६), प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य (११५०), द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई (१२१८), महासचिवमा भरतराज ओझा (९५५), उपमहासचिव गंगा मल्ल (१०६६) र कोषाध्यक्षमा हरि बस्ताकोटी (१०२७) विजयी भएका छन् ।
सदस्यतर्फ सुजन न्यौपाने (१०७२), प्रतिक्षा रानाभाट (१०४०), भविन्द्र पुन (१०३६), बिरेन्द्रराज भुर्तेल (९७७), दीपक अधिकारी (९६०), प्रभा पौडेल लामिछाने (९४४), कृष्णप्रसाद तिमिल्सिना (८८३) र सन्दिप बुढाथोकी (८८३०) बुढाथोकी निर्वाचित भए । यस्तै, महिला सदस्यमा शर्मिला श्रेष्ठ (११८४०) , गंगा सापकोटा परियार (९१०) विजयी हुँदा एसोसिएट सदस्यमा दयाराज भण्डारी (२७) तथा संस्थागत सदस्यमा वीरभद्र कँडेल (निर्विरोध) निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण