बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न हुँदैन ः सहमहामन्त्री उपाध्याय

सोमबार, २३ भदौ २०८२, ११ : ४६
सोमबार, २३ भदौ २०८२

सारांश

  • नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न नहुने बताइन्।
  • उनले सरकारले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल कडा गर्न नहुने बताइन्।
  • उपाध्यायले सरकार नागरिकका आवाज सुनेर कानुन अनुरूप अगाडि बढ्नुपर्ने बताइन्।

काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रेस र अभिव्यक्ति स्वतन्त्रता कसैले पनि कुण्ठित गर्न नहुने बताएकी छन् ।

 कांग्रेस अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको पक्षमा सदैव वकालत गरेको पार्टी भएको बताउँदै सहमहामन्त्री उपाध्यायले अहिले पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रताको अधिकार दिनुपर्छ भन्ने पक्षमा रहेको बताइन् । 

उपाध्यायले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘कांग्रेस लोकतान्त्रिक व्यवस्थाका लागि लडेको पार्टी हो । अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको हो । प्रेस स्वतन्त्रताका लागि लडेको जगजाहेरै छ । अहिले पनि लोकतान्त्रिक व्यवस्था, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सदैव वकालत गरिरहन्छ ।’

उनले सरकारले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी विभिन्न सामाजिक बन्द गर्ने निर्णय तत्कालका लागि कडा गर्न नहुने बताइन् । कानुन बनाएर नियमन गर्ने बाटोमा सरकार अग्रसर हुनुपर्ने सहमहामन्त्री उपाध्यायको भनाइ छ । 

सोमबार मुलुकभर जेन जी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण सन्देशमूलक र सुधारात्मक बाटोमा मुलुकलाई उन्मुख बनाउनतिर अग्रसर हुनुपर्ने उनको भनाइ छ । 

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्न आग्रह गरेको बताउँदै सहमहामन्त्री उपाध्यायले सरकार नागरिकका आवाज सुनेर कानुन अनुरूप अगाडि बढ्नुपर्ने बताइन् । 

बैठकमा आफूले सरकारले चालेको कदम सुधार्दै कानुन बनाएर मात्र अघि बढ्न पार्टीले सुझाव दिनुपर्ने बताएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप