इटहरीमा दिपलको स्टेट अफ आर्ट सोरुम, चार दिन विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु
इटहरी । नेपालकै नं. १ लक्जरी इभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमको उद्घाटन शुक्रबार इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल इटहरीका डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई र राधा ढकालले संयुक्त रूपमा गरेका हुन्।
सो अवसरमा चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम सुरु गरिएको छ, जसमा भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक इलेक्ट्रिक मोडेलहरू परीक्षण गर्न सकिनेछ।
परीक्षणमा उपलब्ध मोडेलहरू
- दिपल एस०७ आईसीए
- स्टाइलिस सेडान एल०७
- संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी ई०७
- अल्ट्रा प्रिमियम लक्जरी एसयुभी अवतार ११
- भर्खरै सार्वजनिक भएर चर्चित बनेको एस०५
भर्खरै सम्पन्न नाडा अटो शोमा स्टपर बनेको दिपल एस०५ ले लक्जरी, स्टाइल र प्रविधिका कारण नेपाली अटोबजार तताएको कम्पनीले जनाएको छ।
- ग्राहकलाई विशेष अफर
यस कार्यक्रममार्फत ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट पुरानो गाडीको मूल्याङ्कन गराउन सक्नेछन्। साथै, निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, साथै निःशुल्क ट्राभल चार्जर पाउने सुविधा पनि दिइनेछ।
दिपल एस०५ का प्रमुख फिचर
- गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० (सीएटिएल) : ५ हजार चार्जिङ साइकल (६ लाख किलोमिटर) को लाइफस्पान, ३०–८०% चार्ज १५ मिनेटमै।
- भेन्टिलेटेड र हिटेड सिट सहितको ‘क्विन कोपाइलट सिट’ जसमा ‘जिरो ग्राभिटी, लेग सपोर्ट, वान टच न्याप मोड’।
- रिमोट इन एन्ड आउट पार्किङ सुविधा – साँचोमार्फत साँगुरो ठाउँमा सजिलै पार्किङ।
- अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले – लाइभ नेभिगेसन र अन्य ड्राइभिङ सूचना सीधै विन्डशिल्डमा।
- १४.४ इन्च सनफ्लावर टचस्क्रिन – इन्टरनेट कनेक्टिभिटीसहित (स्पोटिफाइ, युट्युब, अमेजन म्युजिक, लाइभ नेभिगेसन)।
- भीटुएल पावर सप्लाइ (६ किलोवाट) – बाह्य उपकरणमा कारमार्फत विद्युत् आपूर्ति।
- स्मार्टफोन कन्ट्रोल – एसी, चार्जिङ सेड्युल र लोकेशन ट्याकिङ टाढैबाट।
- एआई र रोबोटको प्रदर्शन
इटहरीमा सुरु गरिएको कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएको छ। यसमार्फत चाङानले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसन प्रविधिमा गरेको प्रगतिलाई प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण