शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सोमबार, २३ भदौ २०८२, १५ : ३६
सोमबार, २३ भदौ २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ।
  • मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा घाइतेहरूको उपचार निःशुल्क गर्न निर्देशन दिए।
  • मन्त्रालयले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन र आवश्यक स्थानमा उपलब्ध गराउन निर्देशन दिएको छ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी  उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणको गर्न समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप