विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने
सोमबार, २३ भदौ २०८२, १७ : ०१
काठमाडौँ । जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने उक्त प्रतियोगितामा पालले एक हजार ५०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । उक्त स्पर्धामा पालकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।
त्यस्तै यही सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमा नै हुने विश्व कंग्रेसमा एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुने भएका छन् । टोली मङ्गलबार जापान प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
-
विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण